काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने बताउनुभएको छ ।
मुस्लिम आयोगको पाचौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधान सभाबाट जनहितकारी समावेशिताको सिद्धान्तमा आधारित लोकतान्त्रिक संविधान ल्याउन हामी सफल भएको उल्लेख गर्दै ेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरुमध्ये एक रहेको र सबै जाजाति, भाषा, धर्म, समुदाय, वर्ग र क्षेत्रको लागि समान हक तथा अधिकारको व्यवस्था गरेको बताउनु भयो । उहाँले संविधानको व्यवहारिक कार्यान्वय गर्न आग्रह गर्नुभयो ।
उहाँले मुस्लिम समुदायको अधिकार प्रवर्द्धन, क्षमता विकास र प्रस्फुटीकरणका कार्यक्रमहरु तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन आयोगले आगामी दिनमा थप प्रभावकारी भुमिका खेलनुपर्ने बताउनु भयो । उहाँले समानुपातिक समावेशिताको आधारमा मुस्लिम समुदायलाई संविधानप्रदत्त राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानूनी व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । यसका लागि तीन तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने, सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीति र कानूनी प्रयास गरिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘समानुपातिक समावेशिताको आधारमा मुस्लिम समुदायलाई संविधानप्रदत्त राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानूनी व्यवस्था गर्ने तीनै तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने, सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीति र कानूनी प्रयास गरिनु आवश्यक छ । राज्यका हरेक निकायमा सहभागिताको समान अवसर प्रदान गरेर सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुन्छ भन्ने मलाई लाग्दछ । नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधान सभाबाट जनहितकारी समावेशिताको सिद्धान्तमा आधारित लोकतान्त्रिक संविधान ल्याउन हामी सफल भएका छौँ । नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरुमध्ये एक रहेको र यसले सबै जाजाति, भाषा, धर्म, समुदाय, वर्ग र क्षेत्रको लागि समान हक तथा अधिकारको व्यवस्था गरेको छ । यसको व्यवहारिक कार्यान्वयनको लागि म संवद्ध सबै पक्षलाई हार्दिक अपिल गर्न चाहन्छु । मुस्लिम समुदायको अधिकार प्रवद्र्धन, क्षमता विकास र प्रस्फुटीकरणका कार्यक्रमहरु तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन आयोगले आगामी दिनमा थप प्रभावकारी भुमिका खेल्न सफल होस् ।’
राष्ट्रपति पौडेलले नेपाली समाजबाट लोकतन्त्र, सहिष्णुतापूर्ण र सहयोगपूर्ण व्यवहार विश्वले अनुकरण गर्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच