हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-४ मा रहेको हिल्दुम गाउँ र वडा नम्बर पाँचको विचमा पर्ने सिमा क्षत्रेमा रहेको खोलामा सडक निर्माण हुँदा बाटो बन्द भएपछि आवतजावतमा कठिनाई भएको छ ।
हिल्दुम गाउँका नागरिकलाई उक्त खोला नजिकको बाटो माथिबाट डोजरले सडक निर्माण गर्दा आवतजावतमा समस्या बनाएको छ । सडक निर्माण हुँदा गाउँबाट सदरमुकाम सिमकोटमा पढ्न आउने विद्यार्थीलाई बढी समस्या हुने गरेको स्थानीय छक्क बहादुर शाहीले बताउनुभयो ।
गाउँमा कक्षा पाँच सम्म मात्रै पठनपाठन हुने भएकाले कक्षा ६ देखि पढ्न सदरमुकाम आउने विद्यार्थीलाई विहान, बेलुकाको समयमा थप समस्या बनाएको शाहीले बताउनुभयो ।
बाटो भन्दा माथि सडक भएकाले बाटो पुरै पुरिदा आवतजावतमा समस्या भएको हो । गाउँबाट करिब १५ जना विद्यार्थी पढ्नका लागि सदरमुकाममा रहेको बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालयमा दैनिक पुग्ने गर्दछन् । पुरानो बाटो पुरिदा पढ्नका लागि विद्यालय पुग्न कठिनाई भएको विद्यार्थी मेग्या कामीले गुनासो गर्नुभयो ।
गाउँबाट विद्यालय पुग्न आधि घण्टा लाग्ने भएपनि बाटो नहुँदा बढी समय खर्चिनु परेको अर्का विद्यार्थी सपना शाहीले बताउनुभयो । स-साना बालबालिका र आफु जस्तै केटीलाई झन समस्या हुने गरेको विद्यार्थी शाहीले बताउनुभयो । उक्त खोलाको बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने गाउँका नागरीकलाई समेत समस्या बनाएको छ । यस्तै उक्त बाटो प्रयोग गरेर आउने बरगाउँ र माथिल्लो ठेहेका नागरीकलाईसमेत समस्या हुने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच