भोजपुर । आगलागीबाट घरवार गुमाएका भोजपुरको टक्सारका पाँच घर परिवारलाई संकलित रकम हस्तान्तरण गरिएको छ ।
गत चैत्र ३ गते बनमा लागेको डढेलो घर बस्तीमा आउँदा घरवार गुमाएका भोजपुर नगरपालिका वडा नम्वर १२, मालबाँसेका पाँच परिवारलाई स्थानीय दारेगौडा समाजको अगुवाईमा घर घरमा पुगेर संकलन गरिएको रकम हस्तान्तरण गरिएको अगुर्वा तीर्थ बहादुर कार्कीले बताउनुभयो । टक्सार क्षेत्रका ८६ घरबाट संकलन गरिएको ३५ हजार पाँच सय ८५ रुपैयाँ अग्नीपीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
पाँच परिवारलाई प्रति परिवार सात हजार एक सय १५ रुपैयाँका दरले सो रकम हस्तान्तरण गरिएको कार्कीले जानकारी दिनुभयो । आगलागीबाट बसोवास गर्दै आएको घर गुमाउने नरबहादुर कार्की, विशाल कार्की, पदमबहादुर कार्की, पुष्पबहादुर कार्की र बिर्ख बहादुर कार्कीको परिवारलाई घरघरबाट संकलन भएको रकम सहयोग गरिएको अगुवा रामबहादुर तामाङले बताउनुभयो ।
आगलागीबाट बसोवास हुदै आएको पाँच घर, खाली दुई घर र १० वटा गोठहरु जलेर नष्ट हुदाँ करिव एक करोड तीन लाख बरावरको क्षति भएको प्रारम्भीक बिवरण प्रहरीले संकलन गरेको छ । आगलागीबाट समस्या भएका परिवारलाई अन्य बिभिन्न निकायहरुबाट समेत सहयोग हुँदै आइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच