लिभाकोभिचका कारण दास्रो पटक भाग्यमानी क्रोएसिया

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा लगातार दोस्रो पटक प्लेयर अफ द म्याच बनेका छन् ।

अन्तिम १६ को खेलमा जापानविरुद्ध टाइब्रेकरमा नायक बनेका लिभाकोभिच शुक्रबार राति क्वाटरफाइनलमा पनि ब्राजिललाई हराउँदा निर्णायक बने ।

ब्राजिलविरुद्ध टाइब्रेकरमा सुरुवाती प्रहार बचाएका उनले खेलदौरान पनि ११ प्रहार विफल पारेका थिए । लिभाकोभिचले यसअघि जापानविरुद्ध तीन पेनाल्टी प्रहार बचाएका थिए ।

एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल १-१ को बराबरी गरेपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको थियो ।

जापान र ब्राजिलका लागि टाउको दुखाई बनेका गोलरक्षक लिभाकोभिच अब अर्जेन्टिनाको लागि पनि टाउको दुखाइ बन्ने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?