काठमाडौं । सोमबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार भने दोहोरो अंकले बढेको छ । १०.१४ अंकले बढेर २०४१.७० अंकमा पुगेको हो । यस दिन दुई सय दुई कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ । २० कम्पनीको स्थिर रहेको छ । तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता सेयर दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । सोमबार दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार शिवम् सिमेन्टको सबैभन्दा धेरै नौ करोड ३१ लाख ३९ हजार रुपैयाँको बराबरको कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल आठ करोड ५७ लाख ५२ हजार, जोशी हाइड्रोपावर आठ करोड २९ लाख ४० हजार, गोर्खाज फाइनान्स आठ करोड सात लाख ८२ हजार र हिमालयन रि इन्स्योरेन्सको छ करोड ३५ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । दोल्ती पावर कम्पनी र सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त ९.४३, पिपुल्स पावर ७.७३ र थ्रीस्टार हाइड्रोपावरको ६.७६ प्रतिशतले बढेको छ ।
धौलागिरि लघुवित्तको सेयर मूल्य भने ९.३५ प्रतिशतले घटेको छ । भगवती हाइड्रोपावर ४.७५, कुमारी धनवृद्धि योजना ४.३६, लक्ष्मी भ्यालु फण्ड-२, ३.६८ र मानुषी लघुवित्तको सेयर मूल्य ३.०६ प्रतिशतले घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच