काठमाडौं । जनकपुरधाममा आज होली मनाइएको छ ।
बुधवार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो । एक अर्कालाई रङ दलेर जनकपुर धाममा होली मनाइएको छ । तराईका अन्य ठाउँमा भने सोमवार नै होली मनाइएको हो ।
होलीको अवसरमा जनकपुरधाममा विभिन्न परिकारका मालपुवा, दालको पुरी लगायतका भोजन बनाएर खाने–खुवाउने र एक अर्कालाई रङ–अविर लगाएर खुसीयाली मनाउने चलन पनि विद्यमान छ । हिमाली र पहाडी जिल्लाहरुमा आईतवार तथा तराईका अन्य जिल्लाहरुमा सोमवार होली मनाइसकिएको छ ।
मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तः गृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा होली मनाउने गरिन्छ । तर यस पटक सोमवार अन्तरगृह परिक्रमा सकिएको र मंगलवार साधु सन्तहरुले मनाए पनि अन्य ८० प्रतिशत नागरिकहरुले भने बुधवारमात्रै होली मनाएका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच