नवलपरासी । नेपाली कांग्रेसले गठबन्धन गर्दा पार्टीका कार्यकर्तामा व्यापक असन्तुष्ट भएको बताउँदै महामन्त्री गगनकुमार थापाले आसन्न चुनावमा एक्लै लड्ने बताउनु भयो ।
पश्चिम नवलपरासीबाट बिहीबार सुरु गरेको दोस्रो चरणको संवाद यात्रामा उहाँले यस्ताे बताउनु भएकाे हाे ।
'म संवाद यात्रा लिएर विभिन्न जिल्लाहरुमा पुगेको छु जहाँ गयो त्यहाँ पार्टीले गठबन्धनबाट कार्यकर्ता बीच असन्तुष्टि पाएँ । आसन्न निर्वाचनमा काङ्ग्रेसले गठबन्धन गर्दैन , एक्लै लड्छ । '
पार्टीले चुनावमा गरेको गठबन्धनले पार्टीलाई कहि कतै फाइदा नभएको र पार्टी झन झन निष्क्रिय भएको बताउँदै थापाले काङ्ग्रेसले अब कलम, हसिया हताैडा, सुर्य वा गिलास कहिँ कतै भोट हाल्न नलगाउने बताउनु भयो ।
पन्चायतदेखि अहिलेसम्म काम गर्दा धेरै उपलब्धि हासिल भएको बताउँदै थापाले कांग्रेसले अब घर झगडाका मिलाउनु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।
अवसर पाउँदा सरकार राम्रोसंग चलाउने समस्या महसुस गरेको उल्लेख गर्दै थापाले भन्नुभयो 'काङ्ग्रेसले २०१५, २०४८ र २०५६ साल राम्रो मत पाएको थियो । २ पटक बहुमत पाउदा सरकारको नेतृत्व राम्रो संग समाल्न नसकेकोबाट पार्टीले पाठ सिकेको छ ।' पार्टीले सिकेको पाठका कारण आगामी निर्वाचनमा काङ्ग्रेसले एक्लै चुनाव लड्ने थापाको भनाइ छ ।
सवादमा नागरिकले उठाएका जिज्ञासा मेटाउने क्रममा थापाले काङ्ग्रेसले अहिलेको समस्या समाधान गर्ने उद्योगीलाई उद्योग गर्ने वातावरण सृजना गर्ने बताउनु भयो । अहिले बर्षको ५ लाखलाई रोजगारी दिनु पर्ने उल्लेख गर्दै थापाले भन्नुभयो 'नेपालमा अहिले यता उता गरेर ५० हजार मात्र युवालाई रोजगारी सृजना भएको छ । बाँकी ४ लाख ५० हजार रोजगारी सृजना गर्नु पर्ने छ ।'
'समुदायमा जाऔंँ समाजलाई सुनौँ' भन्ने मुल नाराका साथ समुदायमा काङ्ग्रेस अभियान सुरु गरेका महामन्त्री थापालाई अधिकाश कार्यकर्ताले काङ्ग्रेस भित्रको गुटका कारण पार्टी कमजोर भएर बताउदै पार्टीमा गुट र उपगुटको अत्यन्त गर्नु पर्ने सुझाव राखेका छ्न ।
नेपालको आर्थिक अवस्था, अहिलेको अवस्थामा काङ्ग्रेसले खेलेको भुमिका, कृषि, स्वास्थ्य र उद्योगका समस्याहरुमा काङ्ग्रेसको भुमिकाका विषयमा जिज्ञासा राखेका छन् । हरेक नेपाली नेपालमा बस्ने वातावरणको सृजना गर्नु पर्ने, शिक्षा र स्वास्थ्य निशुल्क बनाउनु पर्ने , विद्यालय शिक्षा ऎन छिटो ल्याउनका लागिग काङ्ग्रेसको भूमिका लगायतका विषयमा सदनदेखी आम समुदाय सम्म काँग्रेसको भूमिकाका विषयमा जिज्ञासा राखेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच