![सूचनाको हकमा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/mahila-antarkriya.jpg)
काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ ।
शनिबार बिहान बा २ ज ४१ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पुरुष हुन् । उनको परिचय खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय मुग्लिङले दिएका अनुसार ट्याक्सीमा पाँच जना सवार थिए । ट्याक्सीमा सवार अन्य ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको टोलीले घटनास्थलमा पुगेर ट्याक्सीमा सवार यात्रुहरूको खोजी थालेको छ । बेपत्ताको खोजीको लागि गोताखोर टोली परिचालन गर्ने तयारी भइरहेको छ । थप विवरण आउन बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच