इन्टरमिलान च्याम्पियन्स लिगको उपाधि नजिक

Read Time = 2 mins

मिलान । एसी मिलानलाई पराजित गर्दै इन्टरमिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । एसी मिलानलाई सेमिफाइनलको दोस्रो लिगमा १-० तथा समग्रमा ३-० को जित निकाल्दै इन्टर उपाधि नजिक पुगेको हो । इन्टरको जितमा दोस्रो हाफमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले निर्णायक गोल गर्नुभयो । उहाँले ७४औँ मिनेटमा परिवर्तित खेलाडी रोमेलु लुकाकुको पासमा गोल गर्नुभएको थियो ।

इन्टरले सन् २००९-१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २-० ले पराजित गरेर उपाधि जितेयता फाइनलमा पुग्न सकेको थिएन । त्यसयता इन्टर क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

अब इन्टरले उपाधिका लागि १० जुनमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । यी दुई टोलीबीचको पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको छ । यस्तै, महिला च्याम्पियन्स लिग फुटबलको फाइनल खेलको टिकट बिक्री भएको युरोपेली फुटबल महासंघले जनाएको छ । युइएफएले महिला च्याम्पियन्स लिगको फाइनलको टिकट सोल्ड आउट भएको जनाएको छ ।

महिला च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना र उल्फवर्ग भिड्नेछन् । नेदरल्याण्ड्समा हुने फाइनल खेल जुन ३ मा हुनेछ । युइएफएले फाइनलको ३४ हजार बढी टिकट बिक्री भइसकेको जनाएको छ ।

सन् २०२० पछि पहिलोपटक महिला च्याम्पियन्स लिगको फाइनलको टिकट सोल्ड आउट भएको हो । बार्सिलोनाले चेल्सी र उल्फवर्गले आर्सनललाई हराएर फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?