पाल्पा । हावाहुरीका कारण रुख ढल्दा तानसेनमा एक युवकको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका –८ जरेपिपलमा दिउँसो अत्याधिक वर्षासँगै आएको हावाहुरीले रुख ढलेर लाग्दा तानसेन–५ कैलाशनगरका १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको लुम्बिनी मेडिकल कलेज प्रभासले जनाएको छ ।
रुखले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा डाक्टले मृत घोषणा गरेका हुन् ।
पाल्पाबाट बुटवल जाँदै गरेको लु ८१ प ११३६ नम्वरको स्कुटी रोकी ओत लाग्ने क्रममा एक्कासी सल्लाको रुख ढलेर दर्लामीलाई च्यापेको स्थानीय दिनेश घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार ठूलो हावाहुरी लागेको र त्यसबाट जोगिन ओत लाग्दा रुख ढलेर उनलाई च्यापेको थियो । उनीसँगै रहेका तानसेन –२ सिल्खानटोलका २० वर्षीय प्रथम शाही भने घाइते भएका छन् । उनको एलएमसीमा उपचार भइरहेको छ । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ६७२१ नम्बरको स्कुटर र अर्को एक मोटरसाइकल पनि च्यापिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।
तस्वीर : स्थानीय दिनेश घिमिरे
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच