काठमाडौं । आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम टि–ट्वान्टी खेलमा नेपाल ए विजयी बनेको छ ।
नेपाल ए ले दिएको दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ ले पूरा ओभर खेल्दै २१० रन बनायो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १३ रनको योगफल दिएको थियो । नेपाल ३ रनले विजयी बनेकाे छ ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको योगदान दिए । उनले ४८ बल खेल्दै सात चौका र छ छक्काको सहयोगमा अविजित ९३ रनको योगदान गरेका हुन् । त्यसैगरी रासिद खानले २४ रन बनाउँदा पवन शर्राफले १३ रन जोडे । बसिर अहमदले १९ रन बनाए भने कप्तान विनोद भण्डारी ११ रनमा आउट भए । त्यस्तै लोकेश बमले आठ रन जोड्दा देव खनालले ६ रनमा आउट भए ।
बलिङतर्फ आयरल्यान्ड ए का फिन ह्यान्डले दुई विकेट लिए भने लियाम म्याकार्थी ग्यारेथ डेलानी म्याथु फोस्टर र गेभिन होइले समान एक÷एक विकेट लिए ।
बलिङतर्फ नेपाल 'ए'का लागि विपिन खत्रीले तीन विकेट लिए । कमल ऐरी, रासिद खान र नारायण जोशीले समान १ /१ विकेट लिए ।
तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच