✍️ निरञ्जन मैनाली
यही चैत १८ गतेको लोकप्रिय यस हिमालय टाइम्स राष्ट्रिय दैनिकमा डा.डीआर उपाध्यायको ‘भ्रष्टको अखडामा कसले धावा बोल्ने ?’ शीर्षकको लेख सान्दर्भिक लाग्यो । नेपालमा राणाकालदेखिको भ्रष्टाचारबारे कुनै चर्चा पाइएको थिएन । विगतको इतिहासलाई नियाल्दा राणाहरूले जनताका सम्पत्ति जफत गर्ने, राष्ट्रको खजनामाथि ढलीमली गरेर ठूला आलिसान महल बनाउने र राज्यको सम्पत्ति दुरुपयोग गरेको पाइन्छ ।
तत्कालीन राणाशासक वीरशमशेरको पालबाटै राष्ट्रिय सम्पति विदेशा राख्ने कार्यको थालनी भएको इतिहासमा छ । त्यसैलाई निरन्तरता दिँदै राजाको पालामा त्यसरी नै पैसा विदेशमा राख्ने चलन भएको र बहुदलीय व्यवस्थामा अत्यधिक भ्रष्टाचार मौलाउँदै गएको जगजाहेर छ । कुनै पनि सरकारले भ्रष्टाचारविरुद्ध धावा बोलेको पाइँदैन ।
गणतन्त्रको स्थापनामा पनि खुला रूपमा भ्रष्टाचार, कमिशनखोर, सुनकाण्ड, चेलीबेटी वेचविखन, वैदेशिक रोजगारीमा ठगी, जग्गा खरिद-बिक्रीलगायत यत्रतत्र सर्वत्र दलालहरूले कब्जा जमाइसकेका छन् । वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले उच्च तहका कर्मचारी, मन्त्री, प्रहरीहरूलाई कारबही गर्दै आइरहेको अवस्थामा लेखक उपाध्यायज्यूले माओवादी शान्ति प्रक्रियामा आएपछि धेरै भ्रष्टाचार माओवादीले गरेको भन्नु दुःखद् हो ।
राम्रो कार्यको प्रशंसा नगर्ने, सानो गल्ती गर्यो कि पहाड बनाउने प्रवृत्तिले देश भ्रष्टाचारीको दलदलमा फसेको हो । यदि देशमा सुशासन, समृद्धि चाहने हो भने सम्पूर्ण दल, नागरिक समाज, पत्रकार मिलेर खबरदारी गर्नुपर्छ । अनिमात्र जनता र राष्ट्रको हित हुनेछ ।
बारा, कोल्हवी, हाल काठमाडौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच