इजरायली हमलामा सहायताकर्मी मारिएपछि वर्ल्ड सेन्ट्रल किचेनद्वारा सहायता रोक्ने घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं ।  वर्ल्ड सेन्ट्रल किचेन संगठनले मङ्गलवार गाजामा इजरायली हवाई हमलामा सात जना कर्मचारीको मृत्यु भएपछि आफ्नो सहायता कार्य तत्काल निलम्वन गर्ने घोषणा गरेको छ । गैर-लाभकारी संस्था किचनले गाजामा इजरायली सेनाको आक्रमणमा आफ्नो टोलीका सात सदस्यको हत्या भएको पुष्टि गरेको हो ।

इजरायल डिफेन्स फोर्ससँगको समन्वयको बावजुद त्यहाँ खाद्यान्न सहायता अनलोड गरेपछि डेर अल-बालाह गोदामबाट बाहिर निस्कने क्रममा टोलीमाथि आक्रमण भएको बताइएको छ । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले मंगलवार कठिन उद्धार कार्यपछि टोलीले सात कर्मचारीको शव निकाल्न सफल भएको बताएको छ ।

गाजामा रहेको हमासको मिडिया कार्यालयले सोमवार राति विभिन्न राष्ट्रियताका कामदारहरू मध्य गाजाको देइर अल-बालाहको पश्चिममा समुन्द्री सडकमा यात्रा गर्ने क्रममा दुईवटा कारहरूलाई निशाना बनाएर आक्रमण गरिएको बताएको छ ।

डब्ल्युसीकेका अनुसार सात कर्मचारी प्यालेस्टाइन, अष्ट्रेलिया, पोल्याण्ड, बेलायत र क्यानडा र संयुक्त राज्य अमेरिकाका रहेको बताएको छ । इजरायलले मंगलवार आक्रमणको जिम्मेवारी लिएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?