काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ।
आज बसेको राप्रपाको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारलाई पार्टीले समर्थन गर्नुपरेको खण्डमा परिस्थिति हेरेर मत दिने तर सरकारमा भने नजाने निर्णय गरेको थियो । सोही निर्णयलाई निरन्तरता दिँदै आवश्यकताअनुसार मत दिने तर एमाले नेतृत्वको गठबन्धनलाई नदिने निर्णय भएको पार्टी प्रवत्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार राप्रपासँग कांग्रेसले साथ खोजे आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिइने पनि बताउनु भयो ।
लुम्बिनी र गण्डकी प्रदेशमा पुरानो र नयाँ सत्ता गठबन्धनले राप्रपाको साथ खोजिरहेका छन् । तर, कुनै पनि प्रदेशमा राप्रपाले सत्ता गठबन्धनलाई सहयोग नगर्ने श्रेष्ठले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच