काठमाडौं । भारतमा जारी एसएमएस फ्रेण्डसीप कप टी–२० क्रिकेटमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
बुधबार गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको छ ।
बरोडासमेत सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछ । नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७३ रनमात्र बनाउन सक्यो ।
यसअघि नेपालले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। नेपालका लागि आसिफ शेख र कुशल भूर्तेलले उल्लेख्य पारी खेले। आसिफले ५१ बलमा ८५ र कुशलले ४४ बलमा ६७ रन बनाए।
अन्य खेलाडीको प्रदर्शन उल्लेख्य हुन सकेन। गुजरातका लागि जेमित पटेलले ३ तथा आर्या देशाईं र ध्रुशान्त सोनीले २–२ विकेट लिए।
नेपाल ६ अंकमा शीर्ष स्थानमा छ । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार बरोडासँग खेल्नेछ ।
पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।
लिग चरणमा एक अर्कासँग दुईदुई खेल खेलेपछि शीर्ष दुई टोलीबिच फाइनल प्रतिस्पर्धा हुनेछ।
नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ। नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच