काठमाडौं । पर्यटन संस्कृति र खाना भन्ने नाराका साथ १९औँ फेवा नयाँ वर्ष महोत्सव २०८१ हुने भएको छ । होटल संघ पोखराले चैत २९ गतेदेखि वैशाख १ गतेसम्म महोत्सव आयोजना गर्ने भएको हो । महोत्सवलाई पोखरा महानगर र पर्यटन बोर्डले प्रवद्र्धन गरेका छन् ।
फेवातालको किनारस्थित ड्यामसाइड चोकदेखि खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभएको छ । सो अवसरमा संघ मातहतका होटलको दररेटमा २० प्रतिशतसम्म छुट हुनेछ ।
महोत्सवमा विशेष गरी गण्डकी प्रदेशमा रहेका रैथाने खाना, परम्परागत नेपाली खाना, सांस्कृतिक झाँकी कार्यक्रम, लोकदोहरी तथा पप कन्सर्ट, पर्यटक दौड र स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्यसहित हास्यव्यंग्यका कार्यक्रम प्रस्तुत हुनेछन् । पोखरामा हाल एक हजार दुर्ई सय होटल रहेका छन्, जसमा एक हजार पाँच सयजनाले रोजगारी पाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच