बैतडी । बैतडीको पाटनमा अब प्रत्येक महिनाको अन्तिम शनिवार हाटबजार लाग्ने भएको छ । पाटन बजार व्यवस्थापन समितिले नयाँ बर्षको बैशाख देखी महिनाको अन्तिम शनिवार हाटबजार लगाउने निर्णय गरेको हो ।
बिहीबार पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टको अध्यक्षतामा बसेको बैठकले हाटबजार लगाउने निर्णय गरेको बजार व्यवस्थापन समिति सचिव पवन भण्डारीले जानकारी दिनुभयो । पाटन नगरपालिका वडा नं ६ मा पर्ने खुल्ला मञ्चमा हाटबजार लाग्ने उनले बताउनुभयो ।
हाटबजारको दिन पाटन बजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको बजार व्यवस्थापन समिति अध्यक्ष खेम राज भट्टले बताउनुभयो । आउँदो वैशाख देखी महिनाको पहिलो शनिबार पनि बजार बन्द हुने छ । अन्तिम शनिबार हाटबजार लाग्ने छ । बजारमा व्यापारीले आफ्नो समाग्रीहरु बिक्रीका लागि राख्न सक्ने र गाउँका कृषकले पनि आफ्नो उत्पादन ल्याएर बिक्रि पाउने छन् ।
सबै किसानलाई आफ्नो उत्पादन तरकारी, मकै, धान, कोदो लगायत अन्नहरु समेत विक्रि गर्ने ल्याउन समितिले आग्रह गरेको छ । हाटबजारमा विशेष गरी स्थानीय किसान र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताइएको छ ।
यसबाट स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । हाटबजार सञ्चालनपछि व्यावसायिक तरकारी खेती र पशुपन्छीपालन गर्ने किसानको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच