इलाम । वैशाख १५ मा हुने उपनिर्वाचनकालागि इलाम क्षेत्र नं २ मा २० जनाको उम्मेद्वारी परेको छ । आज १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गर्ने समयमा १२ दलका सहित ८ स्वतन्त्रले उम्मेद्वारी दर्ता गराएका छन् ।
मनोनयन दर्ताकालागि अधिकांश उम्मेदवारहरु कार्यकर्ताको ठूलो जमातसहित मूूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
नेकपा एमालेको तर्फवाट स्वर्गिय सुवास नेम्वाङका छोरा सुुहाङ नेम्वाङ, नेपाली काँग्रेसका जिल्ला सभापति डम्वर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीवाट मिलन लिम्वु, नेकपा एसवाट जितवहादुर राई, जनमत पार्टी प्रेमदिप लिम्वुु, नेमकिपावाट श्यामवहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनबाट मणि बहादुर लिम्वु, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले मनोयन दर्ता गराउनु भयो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेश बहादुर चौहान, राष्ट्रिय मूक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेशनल रिपव्लिक नेपालका धर्मराज राना मगर, नेपाली जनता दलका रेशम वहादुर सुनुवारले मनोनयन दर्ता गराउनु भयो।
यस्तै डकेन्द्र सिंह थेगिम, डाकप्रसाद गौतम, अर्जुन विक्रम शाही, मनोज निरौला, केशव कुमार चापागाई, दिपक बोहोरा, योगेन्द्र गुरुङ र राज वस्यालले स्वतन्त्र उम्मेद्वारी दिनुभएको हो ।
यस क्षेत्रबाट निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच