कालीकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालीकोटले २०८१ वैशाख २० गतेदेखि जेष्ठ ९ गतेसम्म ९ वटै पालिकामा अधिवेशन सम्पन्न गर्ने मिति तय गरेको छ ।
भर्खरै सम्पन्न नेकपा एमालेको ११औँ जिल्ला अधिवेशनबाट आएको नयाँ नेतृत्वको जिल्ला कमिटीलेको पहिलो बैठकले पालिका अधिवेशन, पार्टी कार्यालय निर्माणको लागि तयारी थाल्ने र टोल कमिटी, वडा कमिटी, हुँदै पालिकामा नयाँ सदस्य बनाउने, नविकरण गर्न पनि निर्देशन दिएको छ ।
पहिलो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न मंगलबार एमाले अध्यक्ष तुलराज मल्लको अध्यक्षतामा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो निर्णयहरु सार्वजनिक गरिएको हो ।
साथै बैठकले पदाधिकारी सहित ११ सदस्यीय सचिवालय गठन समेत गरेको छ । बैठकले जिल्ला कमिटी सदस्यलाई ८२ वटै वडामा जिम्मेवारी दिएको छ ।
सम्मेलनमा विभिन्न सवाल र विषयमा पत्रकारका प्रश्नमा पार्टी सचिव पुष्पराज आचार्य, अध्यक्ष मल्ल र निवर्तमान अध्यक्ष जसीप्रसाद पाण्डेले जवाफ दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच