रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका समुदायिक कुकुर बन्ध्याकरण शिविर सुरुवात भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा र शुद्धोधन गाउँपालिका पशु सेवा शाखाको आयोजनामा शिविर सुरुवात गरिएको हो । ४ दिन सम्म चल्ने शिविरमा २ सय भन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण गरिने पशु शाखा प्रमुख भुमिश्वर खनालले बताउनु भयो।
शिविरको एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको थियो । मानपकडीमा आयोजना गरिएको शिविर शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संमन्वय प्रमुख उमाकान्त चपाईंले पशु स्वाथ्य अधिकार ऐन बमोजिम समाजमा रहेका छाडा कुकुर व्यवस्थापनको लागि पालिकाले गरेको कामको सबैले साथ र सहयोग गर्नुपर्ने वताउनु भयो। । उहाँले विभिन्न पालिकाहरुले यो अभियान अन्र्तगत पहिलो र दोस्रो चरणको कुकुर बन्ध्याकरण शिविर आयोजना गरिसकीएको भन्दै यसलाई बाँकी रहेका अन्य पालिकाहरुले पनि अबिलम्ब सुरुवात गर्नुपर्ने बताउनु भयो।
कार्यक्रममा बोल्दै संमन्वय प्रमुख चपाईंले छाडा छाडीएका कुकुरको कारण मानिस तथा अन्य पशुमा प्रणाघातक रोगकको रुपमा रेबीज लगायतका रोग लाग्ने भन्दै यसको निराकरणको लागि भुस्या कुकुरको संख्या घटाउनुमा जोड दिनुपर्ने बताउनु भयो।
कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तीदेवी ज्ञवालीले भुस्या कुकुरले टोकेको कारण कयौ मानिसहरुले खोप लगाउन स्वाथ्य संस्थामा जानेगरेको बताउँदै रेबीजको उच्च जोखिम भएको कारणले शिविर आयोजना गरिएको बताउनु भयो । उहाँले पालिकाले यो पटक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समेत आर्थिक सहयोगमा कार्यक्रम गरेको जानकारी दिदै आगामी दिनमा पनि यो कुकुर बन्ध्याकरण शिविर आयोजना गरिने बताउनु भयो।
हिमालयन एनिमल रेस्क्यु ट्रष्ट(हार्ट) नेपाल पोखराको प्राविधिक सहयोगमा सुरुवात भएको यो शिविर ४ दिन बैशाख १ गते सम्म चल्ने छ । जसको लागि हार्ट नेपालका पशु चिकित्सक, सर्जन सहितको १२ जनाको टोली परिचालन गरिएको छ । हार्ट नेपालका प्रबन्धक खगेश्वर शर्मा भट्राईले नेपालमा जुनोटिक रोगनिदानको साथै रेबीज उन्मुलनको लागि छाडा छाडीएका चौपाय नियन्त्रण गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा पालिका प्रवक्ता केशव अधिकारी, वडा नम्बर २ का अध्यक्ष कलम खड्का, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वाथ्य प्राविधिक टुकराज न्यौपाने, वडा नम्बर ७ का अध्यक्ष भिम नारायण थारु लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच