धार्मिक सहिष्णुता कायम गर्ने विश्व हिन्दु महासंघको माग

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । नेपालमा धार्मिक सहिष्णुता कायम राख्न विश्व हिन्दु महासङ्घ नवलपरासीले माग गरेको छ । पछिल्लो समय धरानमा घटेको घटना तर्फ इंकितगर्दै महासङ्घले धार्मिक सहिसुणतामा खलवल हुने खालका गतिविधिहरु बन्द गर्न माग गरेको हो ।

देशमा धार्मिक सहिष्णुता कायम गर्न माग गर्दै सोमबार परासीको बुद्धचोक देखी जिल्ला प्रशासन सम्म पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र भाइएको अध्यक्ष मानबहादुर थापाले बताउनु भयो ।

थापा भन्नुहुन्छ  'देश कानुन अनुसार चल्नु पर्छ । कानुनको बिपरित धार्मिक सहिष्णुतामा आच आउने काम गर्ने लाई राज्यले कानुनी बाटोमा ल्याउनु पर्छ ।'

देशको सबिधान र कानूनले पनि खुलेआम धर्म परिर्वतन गराउने र राष्ट्रिय जनवारको हत्या गर्ने कार्यलाई दण्डनिय अपराध मानेको भन्दै सरकारसमक्ष कारवाहीको माग गरिएको गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?