
काठमाडौं । हिमालय एयरलाइन्सको वार्षिक अभियान ‘स्टेप टुवार्ड एजुकेसन’ अन्तर्गत प्रयास नेपाललाई सहयोग जारी राखेको छ । सन् २०१७ देखिको पहल कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व प्रयासको मुख्य कोसेढुंगा रहेको छ, जसको उद्देश्य विपन्न तथा अनाथ बालबालिकालाई शिक्षाका माध्यमबाट सशक्तीकरण गर्ने रहेको छ ।
यस वर्ष शैक्षिक सत्रको प्रारम्भमै अप्रिल १० मा एयरलाइन्सले आफ्नो वार्षिक गतिविधि सञ्चालन गरेको छ । सो अवसरमा ब्राण्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकालाई पाठ्यपुस्तक, नोटबुक, स्कुल ब्याग र स्कुल जुत्तालगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । वार्षिक सहायताका अतिरिक्त बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन हिमालय एयरलाइन्सले काठमाडौंको सिनामंगलस्थित उड्डयन संग्रहालयको स्थलगत भ्रमणको आयोजना गरेको थियो ।
हिमालयको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिको परोपकारी उद्देश्यलाई कदर गर्दै उड्डयन संग्रहालयले पनि बालबालिकाका लागि निःशुल्क प्रवेशसँगै भ्रमणका दौरान उत्कृष्ट मार्गदर्शनको व्यवस्थासहित सहयोग गरेको थियो ।
प्रयास नेपालका अध्यक्ष मणि जोशीले भन्नुभयो, ‘हाम्रो उद्देश्यमा निरन्तर सहयोगका लागि हामी हिमालय एयरलाइन्सप्रति हार्दिक आभारी छौँ, उड्डयन संग्रहालयको भ्रमणले निःसन्देह उनीहरूको मस्तिष्कमा दिगो छाप छोडेको छ । यस पहलले उनीहरूको शैक्षिक वृद्धिमा योगदानमात्र नगरी नयाँ–नयाँ सम्भावनाको ढोकासमेत खोेलेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच