काठमाडौं । मुस्लिम समुदायले एकअर्कामा शुभकामना आदानप्रदान गरी आज इदुल फित्र (ईद) मनाएका छन् ।
ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित मस्मिरी मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साट्नेहरुको भीड रहेको छ ।
एकअर्कालाई अंकमाल गरेर ‘ईद मुबारक’ भन्दै महिला तथा पुरुषहरुले शुभकामना दिएका छन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्वी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्दछन् ।
ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच