रुसमा बाढीबाट हजारौँ बिस्थापित : ओरेनबर्ग, कुर्गन र ट्युमेन क्षेत्रमा संकटकाल घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । रसियामा आइरहेको बाढीबाट जोगाउन बिहीवारसम्म कम्तीमा १३ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । रुसका धेरै क्षेत्रहरूमा पानीको सतह बढ्दै गएपछि उनीहरुलाई सुरक्षित सथानमा सारिएको हो । औसत तापक्रममा लगातार बृद्धि, हिउँ पग्लने र नदीहरूमा बाढी आइरहेको कारण रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रिय संघीय जिल्ला बाढीको चपेटामा परेका छन् ।

ओरेनबर्ग, कुर्गन र ट्युमेन क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । सबैभन्दा बढी प्रभावित पश्चिमी ओरेनबर्ग क्षेत्रमा, ७ हजार ८ सय मानिसहरूलाई बिस्थापित गरिएको छ । क्षेत्रीय सरकारका अनुसार क्षेत्र वरपरको उरल नदीमा पानीको स्तरले सीमा नाघेको छ । निकट भविष्यमा यस क्षेत्रमा ठूलो बाढी आउने अनुमान छ ।

कुर्गन क्षेत्रमा ६ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको क्षेत्रीय गभर्नर वादिम सुम्कोभले बताउनु भयो । ट्युमेन क्षेत्रमा, इशिम र टोबोल नदीहरूमा पानी एकै दिनमा ५६ सेन्टिमिटर र २२ सेन्टिमिटरले बढेको स्थानीय अधिकारीहरूले बताएका छन् । बाढी २३ अप्रिलदेखि २५ सम्म झनै बढ्ने अनुमान गरिएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?