भोजपुरमा चाडपर्व लक्षित प्रहरीको सचेतना कार्यक्रम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । दशैं-तिहार लगायतका चाड पर्वहरु नजिकिँदै गर्दा जिल्ला प्रहरी कार्यालय भोजपुरले समुदाय स्तरमा सचेतना कार्यक्रम सुरु गरेको छ ।
चाडपर्वको समयमा नै अपराधिक घटनाहरु बढी हुने भएकाले सचेतनाका लागि प्रहरीले पर्चा बितरण लगायतका कार्यक्रमहरु थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरको आयोजनमा आइतवार भोजपुर नगरपालिकाको वडा नम्वर ७, ८ र बजार क्षेत्रमा प्रहरी हवल्दार जितेन्द्रप्रसाद देवको नेतृत्वमा तीन जना प्रहरी टोली खटाई स्थानीयवासी, सवारी चालक तथा बजारमा आवतजावत गर्ने सर्वसाधारणहरुलाई समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत चाडपर्व लक्षित सचेतनामूलक पर्चा बितरण गरिएको छ ।

सचेतना कार्यक्रमहरु जिल्लाको ग्रामीण क्षेत्रहरुमा समेत हुने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकोछ ।

प्रहरीले सुरु गरेको चाडपर्व लक्षित अभियानले समुदाय स्तरमा समेत राहत मिल्ने स्थानीय संजीव कार्कीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?