![राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Ramchandra-Paudel-1.jpg)
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी बनेको छ ।
मलेसियाले दिएको एक सय ४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर २ विकेट हात पारे ।
कप्तान रोहित पौडेल २४ बलमा १ छक्कासहित २८ रनमा आउट भए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल २४ बलमा ३ चौकासहित २४ रनमा एलबीडब्लू आउट भए ।
आसिफ शेख ३५ बलमा ४ चौकासहित ३२ र कुशल मल्ल ७ रनमा आउट भएका थिए । कप्तान रोहित आउट भएपछि नेपालको ब्याटिङ धर्माराएको थियो । त्यसलाई सम्हाल्दै गुल्शन झाले साहसिक फिनिसिङ गर्दै नेपाललाई जित दिलाए । गुल्सनले ७ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै १९ रनमा अविजित रहे ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ४३ रनको योगफल बनाएको थियो ।
मलेसियाका लागि कप्तान विरनदिप सिंहले सर्वाधिक ७२ रन बनाए । उनले ५७ बल खेल्ने क्रममा चार छक्का र चार चौका हाने । यस्तै शविम मुनिआन्डीले ३३ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४१ रन जोडे । मुहम्मद आमिरले १८ बलमा १६ रन बनाए ।
बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच