काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गर्नुभएको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
तर आज प्रदेश प्रमुख मियाँले दुवै जनाको दाबी नपुगेको भन्दै पुन २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले नाउपकै दुई जनाको दाबी परेको हुँदा निष्कर्षमा पुग्न नसकेको भन्दै दुई जनाकै दाबी अस्वीकृत गरेको पनि जनाउनु भएको छ ।
संविधानको धारा १६८को २ बमोजिम ६ गते साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच