काठमाडौं । निर्माण उपकरण उत्पादनमा अग्रणी ब्राण्ड जेसिबीले आफ्नो आधिकारिक बिक्रेता एमएडब्लु अर्थ मुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ । सोही क्रममा जेसिबी इण्डियाले ट्र्याक गरिएका केही एक्साभेटरका लागि पाँच वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको छ । एमएडब्लु अर्थ मुभर्सले विगत दुई दशकदेखि नेपालमा जेसिबीका निर्माण उपकरण बिक्री गर्दै आएको छ ।
एमएडब्लुको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ भने नेपालभर ३२ शाखा कार्यालय र तीन अपरेटर प्रशिक्षण संस्थान रहेका छन् । जहाँ युवालाई जेसिबी मेसिन चलाउन तालिम दिइन्छ । कम्पनीले नेपालमा आफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै उद्घाटन गर्दैछ । जेसिबी इण्डियाका प्रमुख कार्यकारी अधिकृत दिपक शेट्टीले नेपाल भ्रमणका क्रममा भन्नुभयो, ‘नेपाल हाम्रा लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार हो । यस क्षेत्रमा नेपालको नौलो पहिचान र स्थान छ र हामीले हाम्रा ग्राहकका लागि यहाँ सधैँ अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादन प्रस्तुत गर्दै आएका छौँ ।’ कम्पनीका अनुसार नेपालमा जेसिबीका १० हजार पाँच सयभन्दा धेरै उपकरण सञ्चालनमा छन् । जसमध्ये व्याकहो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स र टेलिहृयाण्डलर्स प्रसिद्ध छन् । सम्पूर्ण उपकरणका पार्ट-पूर्जा र सर्भिसमा एमएडब्लु अर्थ मुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत् सर्भिस भ्यान परिचालन गरी ग्राहकलाई सेवा प्रदान गरिन्छ ।
एमएडब्लुका प्रिन्सिपल डिलर विष्णु अग्रवालले भन्नुभयो, ‘विश्वस्तरीय जेसिबीका उपकरणद्वारा ग्राहकलाई सहायता गर्नेबाहेक हामीले नेपाली युवा जनशक्तिलाई देशमै रोजगारका अवसर प्रदान गर्न पाउँदा निकै गर्व गर्छाैँ ।’ एमएडब्लुले हाल करिब पाँच सयजनालाई रोजगारी दिएको छ भने चालकका लागि तीनवटा विश्वस्तरीय प्रशिक्षण केन्द्रमा पनि लगानी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच