अन्तिम खेलमा नेपालको जित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालले युगान्डाविरुद्धको अन्तिम तथा पाँचौँ टी-२० अन्तर्राष्ट्रिय खेलमा युगान्डालाई ३३ रनले पराजित गरेको छ । योसँगै पाँच महिला टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिज नेपालले तीन/दुईले गुमाएको छ । नेपालले दिएको १२४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९० रनमात्रै बनायो । युगान्डाकी रिता मुसामालीले ३८ बलमा सर्वाधिक २६ रन बनाउनुभयो । केभिन एविनो १५, फिओना कुलुमे आठ र जेनेत म्बावाजी १० रनमा आउट हुनुभयो । सकिरा सडिक १७ बलमा एक छक्कासहित १३ रनमा अविजित रहनुभयो ।

नेपालकी इन्दु बर्माले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिनुभयो । सीता रानामगरले चार ओभरमा १५ रन खर्चेर २ विकेट लिनुभयो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । नेपालकी ओपनर ज्योति पाण्डेले ६१ बलमा तीन चौकासहित ४९ रनमा रनआउट हुनुभयो ।

पहिलो विकेटका लागि सीता रानामगर र ज्योतिले ८.३ ओभरमा ४७ रनको साझेदारी गर्नुभएको थियो । सीता फिओना कुलुमेको योर्कर बलमा १७ रनमा बोल्ड हुनुभयो । सीताले २४ बलमा तीन चौका प्रहार गर्नुभयो ।

तल्लोक्रमकी कविता जोशी १५ बलमा दुई चौका र एक छक्कासहित १८, अप्सरी बेगमले पाँच बलमा दुई चौकासहित ११ रनमा जोड्नुभयो । कोन्सी एविको र फिओना कुलुमेले एक/एक विकेट लिनुभएको थियो ।

नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा एक विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा नेपालले युगान्डालाई १५ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
कांग्रेस उपसभापतिमा सुरेन्द्रराज पाण्डेको उम्मेदवारी कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी, उपसभापतिमा पनि धमाधम मनोनयन नेप्से १२ अंकले बढ्यो, कारोबार रकम भने घट्यो एमालेमा विद्यादेवी भण्डारीको भूमिका स्पष्ट, अध्यक्षपछिको दोस्रो वरीयता कांग्रेसको १५औँ महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी बाढीले जीर्ण बनाएको कोल्पुखोला पुल, जोखिम मोलेरै आवतजावत दशैँमा घर फर्किने यात्रुलाई २३ असोजदेखि अग्रिम टिकट खुल्ने कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय दुई घण्टा थपियो  सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्ने तयारी, भोलि साँझ ५ बजे बजेट प्रस्तुत… एमालेको निष्कर्ष– चुनावी हार अध्यक्ष ओलीको व्यक्तिगत असफलता होइन