![उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा, ब्राजिल स्तब्ध](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Brazil-vs-urgya.jpg)
पोखरा । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसले सहभागी नहुने निर्णय गरेको हो ।
शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताको विषयलाई लिएर कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा सर्वोच्चबाट फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले निवेदन पत्र टुङ्गो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु र पूर्ण सुनुवाइका लागि वैशाख १० गतेका लागि पेशी तोक्नु भनी गत चैत २८ गते अन्तरिम आदेश दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच