काठमाडौं । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको हीरक महोत्वस मनाउने भएको छ ।
शुक्रवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी एमालेले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा गरेको अवसर पारेर सो महोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।
गोदावरीको सनराईज हलमा आयोजना हुने सो विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथिको रुपमा सहभागी हुने एमालेका महासचिव शंकर पोखरेलले बताउनु भयो ।
सो समारोहमा एमालेले भने पार्टीको तर्फबाट नेपालको कम्युनिष्ट आन्दोलनको ७५ वर्षको विभिन्न आरोहअवरोह समावेश गरिएको भिडियो डकुमेण्ट्री प्रश्तुत गर्नेछ । महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको विकास र समृद्धिको सन्दर्भसहितको पार्टीको भावी कार्यक्रमबारे पनि एमालेले सो विशेष समारोहमा आफ्नो दृष्टिकोणहरु राख्ने बताउनु भयो । त्यसैगरी एमालेले सोही हलमा वैशाख ८ र ९ गते (भोलि र पर्सी) पार्टीका महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बोलाएको छ ।
महासचिव पोखरेलले भन्नुभयो, ‘१० गतेका दिन हामी चाहीँ पार्टी स्थापनाको ७५ औं वर्ष, जसलाई हामी हीरक महोत्सवको रुपमा आयोजना गरिराखेका छांै । र १० गते पार्टी स्थापनाको दिन जसलाई हामी हीरक महोत्सवको अन्तिम दिनको रुपमा विशेष समारोहको रुपमा आयोजना गर्दैछौं । र हामीले अघि चर्चा गरिसकेका छौं । त्यो समारोहमा हामीले नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विपक्ष दलका नेता शेरबहादुर देउवाजीलाई विशेष वक्ताको रुपमा आमन्त्रित गरेका छौं । र अर्कोतर्फबाट हामीले हाम्रो पार्टीको तर्फबाट चाहीँ ७५ वर्षमा कम्युनिष्ट आन्दोलनको चाहीँ आरोह–अवरोध झल्किने खालको भिडियो डकुमेण्ट्री प्रश्तुत गर्ने काम गर्नेछौं । र भविष्यमा हामी कसरी अगाडि बढ्दछौं भन्ने कुराको सन्देश पनि हामी त्यसको माध्यमबाट कम्युनिष्ट आन्दोलनको विकास र समृद्धिको सन्दर्भका बारेमा हाम्रा दृष्टिकोणहरु त्यो हीरक महोत्सवको अवसरमा प्रश्तुत गर्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु ।’
एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रिय सदस्यसहित २४५४ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रश्तुत गर्ने एमालेले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच