गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३४ हजार नाघ्यो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

 काठमाडाैं। गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ ।

जसबाट इजरायल-हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ । साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ ।

इजरायली सेनाले गत हप्तामा सय भन्दा बढी पूर्वाधारहरू नष्ट गरेको छ । ४० भन्दा बढी आतंकवादी लाई हवाई हमला मार्फत मारेको इजरायलले जनाएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?