काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले सार्वजनिक पदमै रहँदा अमेरिकाको स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएका थिए ।
विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन् । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका पौडेल अहिले प्रहरी हिरासतमै छन् ।
साथै २०७९ जेठ १३ गते पदावधि थप गर्दासमेत उनले पीआर लिएको विषय लुकाएर राष्ट्रसेवकको हैसियतमा सेवा सुविधा लिएका आयोगले जनाएको छ ।
आयोगले उनीविरुद्ध कैद र जरिवानाको सजायका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायको समेत मागदाबी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच