बैतडी । बैतडीमा चितुवा पासोमा परेको छ । जिल्लाको सिगास गाउँपालिका–९ चुवाँ भेरीखोला भन्ने स्थानमा स्थानीयले थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयको टोली र प्रहरीको टोली उक्त क्षेत्रमा खटाइसकेको उहाँले बताउनुभयो ।
सोमबार बिहान अन्दाजी ९ बजेको समयमा चितुवा पासोमा परेपछि स्थानियले प्रहरी तथा वन कार्यालयमा खबर गरेको उदयदेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिनेश चन्दले बताउनुभयो ।
चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली कञ्चनपुरबाट हिडीसकेको र भोलि बिहान मात्रै घटनास्थलमा पुग्ने डिभिजन वन कार्यालय बैतडीका प्रमुख यादवले बताउनुभयो ।
पासोमा परेका तथा अन्य कारणले घाइते चितुवाको उद्धारका लागि जिल्लामा अनुभवी टोली नहुँदा समस्या हुने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच