प्रजातन्त्र दिवसमा भोजपुरमा प्रभातफेरी सहित कार्यक्रम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भोजपुरमा प्रभातफेरी सहित बिभिन्न कार्यक्रम गरिएको छ ।

भोजपुर नगरपालिका वडा नम्वर ७ जिरोपोइन्ट देखि सुरु भएको प्रभातफेरी बजारको चारभञ्ज्याङ चोक हुदैँ जिल्ला समन्वय समिति मातहत रहेको शहीद पार्कमा पुगेर मुलसमारोहको कार्यक्रममा परिणत भएको थियो । प्रभातफेरिमा जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राई, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, नागरिक समाज, कर्मचारी, राजनीतिकर्मी लगायतको सहभागिता रहेको थियो ।

२००७ साल फागुन ७ गते एक सय चार वर्षसम्म चलेको जहानियाँ राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । प्रभात फेरी पश्चात जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा क्रान्तिकारी योद्धाहरुको शालिकमा माल्यापर्ण सहित मन्तब्यको कार्यक्रम आयोजना गरिएको थियो ।

सो कार्यक्रममा सहभागि बत्ताहरुले राज्यशक्तिको स्रोत जनता भएकाले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनु पर्ने धारणा राख्नु भएको थियो । जनताको संघर्ष तथा शहीदको बलिदानबाट प्राप्त उपलब्धीहरुको संस्थागत बिकासका लागि समेत सवै पक्षले दाउित्व पुरा गर्नु पर्ने धारणा बत्ताहरुको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *