पाल्पालाई चार अर्ब आठ करोड बढी बजेट

हिमालय टाइम्स
Read Time = 4 mins

रामचन्द्र रायमाझी
पाल्पा । आगामी आर्थिक वर्ष ०७९/८० का लागि संघीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार पाल्पाका स्थानीय तहहरूलाई चार अर्ब आठ करोडभन्दा बढी बजेट प्राप्त हुने भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा संघीय सरकारले आगामी आर्थिक वर्षका लागि चार अर्ब आठ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । यहाँ सरकारले चालु आर्थिक वर्ष ०७८/७९ मा भने तीन अर्ब ८१ करोड ७५ लाखको बजेट विनियोजन गरेको थियो । अहिले भने यहाँ बजेटको आकार घटेको छ ।

सरकारले तानसेन नगरपालिकालाई चालुतर्फ ५३ करोड ५१ लाख, पुँजीगततर्फ १२ करोड ९५ लाख गरी ६६ करोड ५३ लाख, रामपुर नगरपालिकालाई चालुतर्फ ४४ करोड ३१ लाख, पुँजीगततर्फ पाँच करोड ५० लाख गरी ४९ करोड ८१ लाख विनियोजन गरेको छ ।

यस्तै तिनाउ गाउँपालिकालाई चालुतर्फ २९ करोड एक लाख, पुँजीगततर्फ एक करोड ५३ लाख गरी ३० करोड ५४ लाख, निस्दी गाउँपालिकालाई चालुतर्फ ३५ करोड ८९ लाख, पुँजीगततर्फ तीन करोड ८६ लाख गरी ३९ करोड ७५ लाख, पूर्वखोला गाउँपालिकालाई चालुतर्फ २९ करोड ८९ लाख, पुँजीगततर्फ दुई करोड ९९ लाख गरी ३२ करोड ८८ लाख रकम विनियोजन भएको छ ।

यसैगरी संघीय सरकारले बगनासकाली गाउँपालिकालाई चालुतर्फ ३२ करोड २७ लाख, पँुजीगततर्फ दुई करोड ४६ लाख गरी ३४ करोड ७३ लाख, माथागढी गाउँपालिकालाई चालुतर्फ ३५ करोड ५८ लाख, पुँजीगततर्फ ३ करोड ५ लाख गरी ३८ करोड ६३ लाख, रम्भा गाउँपालिकालाई चालुतर्फ ३० करोड २५ लाख, पुँजीगततर्फ चार करोड गरी ३४ करोड २५ लाख, रिब्दीकोट गाउँपालिकालाई चालुतर्फ ३३ करोड चार लाख, पुँजीगततर्फ दुई करोड ४० लाख गरी ३५ करोड ४० लाख र रैनादेवीछहरा गाउँपालिकालाई चालुतर्फ ४१ करोड १४ लाख, पुँजीगततर्फ चार करोड ५१ लाख गरी ४५ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले पाल्पालाई चालुतर्फ तीन अर्ब ६५ करोड १७ लाख, पँुजीगततर्फ ४३ करोड पाँच लाख बजेट विनियोजन गरेको हो । चालु आर्थिक वर्षमा भन्दा आगामी वर्षका लागि तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवीछहरा गाउँपालिकामा बजेट बढेको छ । तिनाउ गाउँपालिका, माथागढी गाउँपालिकामा भने बजेट घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?