सुनुवार समुदायको कला र संस्कृतिका लागि पोकलीमा सांस्कृतिक महोत्सव

Read Time = 3 mins

काठमाडौं । सुनुवार (कोइँच)समुदायको सांस्कृतिक महोत्सव ओखलढुंगाको पोकलीमा सम्पन्न भएको छ । लिखु गाउँपालिका-९ पोकलीको वाच्पुमा दुई दिने महोत्सव भव्यताका साथ सम्पन्न भएको हो । सुनुवार समुदायको मौलिक कला तथा संस्कृतिको उजागर गर्ने उद्देश्यले आयोजना भएको महोत्सवका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले नेपाल सरकार कला संस्कृति संरक्षणमा लागि परेको बताउनुभयो । उहाँले यसका लागि विशेष योजनासहित काम अघि बढाएको समेत जानकारी गराउनुभयो ।

महोत्सवमा सुनुवार समुदायको कला संस्कृति चण्डीनाच, तामाङ सेलो, शेर्पा समुदायको स्याब्रु नाच, क्षत्री–बाहुनलगायत समुदायको बालन नाच र मगरहरूको मौलिक नाचका साथै झाँकीहरू प्रदर्शन भएको हमचुली जनजागरण युवा क्लबका अध्यक्ष अर्जुन घिमिरेले जानकारी गराउनुभयो । सोही कार्यक्रममा विशेष अथिति कांग्रेस नेता तथा संघीय सांसद रामहरि खतिवडाले आफ्नो गृह जिल्लामा पर्यटन प्रवद्र्धन र समग्र जिल्लाको विकासका लागि आफू लागि परेको बताउनुभयो ।

यस्तै, कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सुनवार समुदायको कला संस्कृति र रीतिरिवाज, भाषालगायतलाई जोहो गर्न आफू लागि परेको जिकिर गर्नुभयो । आयोजकमध्ये एक हिमचुली जनजागरण युवा क्लबका अध्यक्ष घिमिरेले कार्यक्रममा सुनुवार समुदायमात्र नभई हरेक समुदायको उपस्थिति रहेको बताउनुभयो ।

महोत्सवको दोस्रो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो । महोत्सवमा गायिका बबिना किराती, बालकुमार श्रेष्ठ, अर्जुन घिमिरेलगायत सुनुवार समुदायका कलाकारले गीत प्रस्तुत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?