
काठमाडौं । सेयर बजार ०.१५ अंकले बढेर १९६९.१७ अंकमा पुगेको छ । बुधबार दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार नौ सय ९८ रुपैयाँ बराबरको कारोबार भएको छ । तीन सय १३ कम्पनीका ७२ लाख ८४ हजार दुई सय ७२ कित्ता सेयर खरिदबिक्री भएकोमा कुल कारोबार रकममध्ये नेपाल रि इन्स्योरेन्सको संस्थापक सेयरको ६३ करोड ३० लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कम्पनीका २२ लाख ६० हजार आठ सय ८० कित्ता सेयर कारोबार भएका हुन् ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये फाइनान्स, बैंकिङ, उत्पादन तथा प्रशोधनबाहेक सबै घटेका छन् । होटल तथा पर्यटनमूलक सर्वाधिक ०.४४ प्रतिशतले घटेकोमा पोखरा फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, गुराँस लघुवित्त ९.९२, सपोर्ट माइक्रोफाइनान्स ७.५५, नेपाल फाइनान्स ५.७६ र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ५.५३ प्रतिशतले मूल्य बढेको छ ।
माइखोला हाइड्रोपावरको सर्वाधिक ७.८४ प्रतिशतले सेयर मूल्य घटेको छ भने नेपाल बैंक डिबेञ्चर २०८५ को ३.९६, महिला लघुवित्त ३.८४, लक्ष्मी उन्नति कोष ३.६५ र रिभर फल्स पावरको ३.३९ प्रतिशतले घटेको छ । पोखरा फाइनान्स १४ करोड ८० लाख, गोर्खाज फाइनान्स आठ करोड ४० लाख, नेपाल फाइनान्स पाँच करोड ७४ लाख र पिपुल्स पावर लिमिटेडको चार करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच