साताभर सेयर बजारमा १३.४६ अंकको वृद्धि

Read Time = 4 mins

काठमाडौं । साताभर सेयर बजार १३.४६ अंक बढेको छ । नेप्से बढेसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पुँजीकरण पनि २४ अर्ब २३ करोड ५६ लाख रुपैयाँले बढेको छ । अघिल्लो साता नेप्सेको कुल बजार पुँजीकरण २९ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ रहेकोमा बढेर ३० खर्ब १० अर्ब ४३ करोड रुपैयाँ माथि पुगेको हो । आइतबार ५२.२६ अंकले बढेको नेप्से सोमबारदेखि बुधबारसम्म सामान्य उतारचढावमा रहेकोमा अन्तिम दिन बिहीबार ४.७५ अंकले बढेको थियो । यस साता कारोबारमा आएका १३ वटै समूहगत सूचकमध्ये नौवटा बढेका छन् भने चारवटा घटेका छन् ।

बैंकिङ सर्वाधिक २.३८ प्रतिशत, जलविद्युत् २.५५, लघुवित्त १.९७ र म्युचुअल फण्डको इण्डेक्स ०.१४ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटनमूलक सर्वाधिक १७.८२ प्रतिशतले बढेको छ । अघिल्लो साता ४७८४.३५ अंकमा रहेको होटल तथा पर्यटन समूहको परिसूचक यस साता ८५२.३६ अंक बढेर ५६३६.७१ अंकमा पुगेको हो ।

जीवन बिमा ५.१३, अन्य समूहको ५.९८, लगानी ३.२७, व्यापार २.७३, निर्जीवन बिमा २.४८, उत्पादन १.६९, फाइनान्स १.५५ विकास बैंक १.२७ प्रतिशतले बढेको छ । नेप्सेसँगै दैनिक औसत कारोबार रकम पनि ११ प्रतिशत बढेर चार अर्ब १३ करोड २४ लाख ६९ हजार पुगेको छ । अघिल्लो साता दैनिक औसत तीन अर्ब ७२ करोड ९६ लाख ३३ हजार थियो । यस साता दुई सय ७५ कम्पनीका कुल पाँच करोड २५ लाख २३ हजार कित्ता सेयर २० अर्ब ६६ करोड २० लाख रुपैयाँमा खरिदबिक्री भएका छन् । अघिल्लो साता दुई सय ७४ कम्पनीका कुल चार करोड ८२ लाख ४१ हजार कित्ता सेयर १८ अर्ब ६४ करोड ८१ लाख रुपैयाँमा खरिदबिक्री भएका थिए ।

सिटी होटलको सेयर मूल्य ६०.८८ प्रतिशतले बढेकोमा बिपिडब्लु लघुवित्तको सेयर मूल्य ४४, सोल्टी होटलको २६.१२, ओरियन्टल होटलको १५.०८, नेपाल इन्स्योरेन्सको १५.०२ प्रतिशतले बढेको छ । तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य १३.१६, प्रभु लाइफको १२.६२, कालिञ्चोक दर्शनको ११.८० र प्रोग्रेसिभ फाइनान्सको १०.१६ प्रतिशत बढेको छ । तर, अभियान लघुवित्तको सेयर मूल्य सर्वाधिक १५.६४ प्रतिशत घटेर ६४१.१० रुपैयाँमा झरेको छ भने पाँचथर पावरको १४.९६ प्रतिशतले घटेर ३०१.९० रुपैयाँ कायम भएको छ । अपर हेवाखोलाको १२.३५, भुगोल इनर्जीको १२.०९, युनिक नेपालको ११.९६ र माउन्टेन हाइड्रो नेपालको १० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?