हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन : पूर्वराष्ट्रपति भण्डारी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको स्वतन्त्रता मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरुको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट पाएको बताउनु भयो । उहाँले मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताव रहेको उल्लेख गर्नुभयो । उहाँले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रमहरुमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रश्तुत गर्न सफल भएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट शुरु गरेको वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमको रुपमा रहेको जिकिर गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकहरुको सम्मानमा थालनी गरिएको वृद्धभत्ता कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रुपमा संस्थागत गर्ने काम गरेको बताउनु भयो । आज पनि मनमोहन अधिकारीलाई देशभरका ज्येष्ठ नागरिकहरुले आफ्नो सच्चा मित्र र असल नेताको रुपमा सम्झिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रमहरुमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रश्तुत गर्न सफल हुनुभयो । प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट शुरु गरेको वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमको रुपमा रहेको छ । यस कदमले ज्येष्ठ नागरिकहरुप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरुको आत्मसम्मान बढाउन सबै ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पुर्‍याएको छ । ज्येष्ठ नागरिकहरुको सम्मानमा थालनी गरिएको यस कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रुपमा संस्थागत गर्ने काम गरेको छ । जसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देशभरका ज्येष्ठ नागरिकहरुले आफ्नो सच्चा मित्र र असल नेताको रुपमा सम्झन्छन् र सम्मान गर्दछन् । यसै सन्दर्भमा मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष ज्येष्ठ नागरिकका लागि देशदर्शन कार्यक्रमको आयोजना गर्दै आएको कुरा प्रशंसनीय छ । मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताव जस्तै छ । आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन । मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरुको उन्नत स्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुला वातावरण पाएका छाैँ । स्वतन्त्रता पाएका छाैँ ।’

पूर्वराष्ट्रपति भण्डारीले वृद्ध भत्ता दिने कार्यक्रमले ज्येष्ठ नागरिकहरुप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरुको आत्मसम्मान बढाउन सबै ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पु¥याएको दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?