३४ मत बढी भेटिएपछि रूपन्देही क्षेत्र नम्बर २ मा मतगणना रोकियो

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

बुटवल । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अग्रता लिइरहेको रूपन्देही क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ ।गणनाको क्रममा मुचुल्कामा उठाएभन्दा ३४ मत बढी भेटिएपछि विवाद भएको हो ।

लुम्बिनी वाणिज्य क्याम्पसको एउटा केन्द्रमा ३४ मत धेरै भेटिएपछि गठबन्धन दलसहित स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले विरोध गरेका थिए ।

विरोधपछि उनीहरू गणनामा सहभागी नभएपछि राति ३ बजेबाट मतगणना स्थगित भएको छ । यो क्षेत्रमा अझै ६ हजार मत गन्न बाँकी छ ।

एमालेका विष्णु पौडेलले २३ हजार ७९३ मत र स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ हजार ८८७ मत ल्याउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?