थप ६३ जनामा कोरोना संक्रमण, १३१ जना संक्रमणमुक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ७४० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३५ तथा एन्टिजेन विधिबाट २८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १३१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९६६ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?