भोजपुर । भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत शुक्रवार भएको दोश्रो सेमिफाइनल खेलमा सहलेश युवा क्लव सिरहालाई हराउँदै चर्च ब्वाइज युनाइटेड काठमाडौंले फाइनलको यात्रा तय गरेको छ । २–१ गोलले चर्च क्वाइल फाइनल प्रवेश गरेको हो ।
पहिलो हाफको निर्धारित समयमा दुवै टिमको तर्फबाट एक–एक गोल भएको थियो । प्रतिस्पर्धात्मक खेलमा सहलेश युवा क्लवका तर्फबाट नौ नम्वर जर्सीका खेलाडी आशिस चापागाईले ३१ औ मिनेटमा एक गोल गर्दे खाता खोल्न सफल भएका थिए भने चर्च ब्वाइजका तर्फबाट पनि खेलको ४३ औ मिनेटमा ११ नम्वर जर्सीका नविन लामाले पेनाल्टी मार्फत गोल गरेपछि खेल बरावरीको अवस्थामा पुगेको थियो ।
खेलको दोश्रो हाफको निर्धारित समयमा बरावरी अवस्थामा रोकिएको खेलमा थप गरिएको चार मिनेटको अतिरिक्त समयको तेश्रो ९३ औ मिनेटमा चर्च ब्वाइजका तर्फबाट १२ नम्वर जर्सीका खेलाडी अर्मानले थप गोल गर्दे टिमलाई बिजयी गराएका हुन । खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका जर्सी नम्वर सातका खेलाडी अवोयोमी भएका छन । उनले नगद पाँच हजार र मेडल पाएका छन् ।
आठ टिमको सहभागितामा संचालित प्रतियोगिता अन्तर्गत बिहिवार भएको पहिलो सेमिफाइलनमा भगवती स्पोर्टस क्लव खोटाङलाई पेनाल्टी सुट आउटमा हराउँदै त्रिभुवन आर्मी क्लव फाइनल प्रवेश गरेको थियो । उपाधीका लागि शनिवार त्रिभुवन आर्मी क्लव र चर्च ब्वाइज युनाइटेड काठमाण्डौ बीचमा प्रतिस्पर्धा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले बताउनुभयो ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधी सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् भने अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
गत बैशाख नौ गतेबाट सुरु प्रतियोगितामा ए डिभिजनका दुई टिम त्रिभुवन आर्मी क्लव, चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन फुटवल क्लव, खोटाङ भगवती स्पोर्ट्स क्लब, सलहेश युवा क्लव सिरहा, राजारानी फुटवल क्लव धनकुटा, डाँगीहाट यूथ क्लव मोरङ र आयोजक भोजपुर जिल्ला फुटवल संघ गरी आठ टिमको सहभागिता थियो ।
भोजपुर जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजममा गत बैशाख ९ गतेबाट गोल्डकप प्रतियोगिता भई रहेको छ । करिव ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको छ । जसमा ३० लाख भोजपुर नगरपालिकाले सहयोग गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच