काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल’को नयाँ संस्करण हुने भएको छ । सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्ष पनि आयोजना हुने भएको हो ।
काठमाडौंमा एक कार्यक्रमबीच ‘फेस अफ नेपाल २०२४’ को आवेदन खुला गरिएको जानकारी गराइएको छ । दक्षिण कोरियामा हुँदै आएको मोडल हन्टलाई नेपालले फ्रेन्चाइज लिएर आयोजना गर्दै आएको हो ।
यस वर्षदेखि प्रतियोगिताको आयोजक परिवर्तन भएको छ । अब एमएस प्रोडक्सन नेपालले यो प्रतियोगिता आयोजना गर्दैछ । आयोजक संस्थाकी नेशनल डिरेक्टर मेनुका माझीले सोमबारदेखि आवेदन खुला गरिएको जानकारी दिनुभयो ।
सातवटै प्रदेशमा अडिशन गर्ने तयारी आयोजकको छ । मोडल हन्टमा पुरुष र महिला दुवै सहभागी हुन सक्नेछन् । उमेर १८ देखि ३० वर्षसम्म हुनुपर्ने जनाइएको छ । पुरुषको हकमा पाँच फिट आठ इञ्च र महिलाको हकमा पाँच फिट पाँच इञ्च उचाइ हुनुपर्ने बताइएको छ ।
छनौट प्रक्रिया अगाडि बढेपछि सहभागीका लागि देशका ख्यातिप्राप्त प्रशिक्षकद्वारा १५ दिनको तालिम दिइने बताइएको छ । सहभागी हुनेहरूमध्ये आगामी जुलाईमा हुने फिनालेमा निर्णयकको मूल्यांकन र भोटिङबाट तीनजना विजेता घोषणा हुनेछन् र, विजेताहरू साउथ कोरियामा नोभेम्बरमा भाग लिन जानेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच