काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।
महासचिव पोखरेलले ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा र औपचारिक क्षेत्रमा रहेको श्रमजीवि वर्गहरुले सो अवसरबाट वञ्चित रहेको उल्लेख गर्दै उनीहरुलाई त्यसमा जोडने कुरामा सरकारले भुमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो अभियानमा एमालेको तर्फबाट सरकारलाई साथ दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । महासचिव पोखरेलले बलियो श्रम संस्कृतिको निर्माण गर्दै राष्ट्र निर्माणको अभियानमा जुट्ने वातावरण बनाउन पनि सरकारले विशेष गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
नेपालमा लाहुरे संस्कृति विकास र समृद्धिको बाधकको रहेको औंल्याउँदै उहाँले त्यसको अन्त्य गर्ने कुरामा लाग्न पनि सरकारलाई सुझाव दिनुभयो । मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न अवैधानिक अर्थतन्त्रको बोलवाला अन्त्य हुनुपर्ने भएकाले त्यसमा पनि सरकारले चनाखो भएर काम गर्नुपर्ने महासचिव पोखरेलको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘अहिले पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा भित्र आउन नसकेका सम्पूर्ण श्रमजीवि वर्गलाई दायरामा ल्याउने कुरालाई नै हामीले हाम्रो प्राथमिकताको विषय बनाउन सक्नु पर्दछ । म नेपाल सरकार र माननीय मन्त्रीज्युलाई आग्रह र अनुरोध गर्न चाहन्छु– आज पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम भन्दा बाहिर ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा र औपचारिक क्षेत्रमा रहेको श्रमजीवि वर्गहरु त्यो अवसरबाट वञ्चित रहेका छन् । उनीहरुलाई त्यसमा जोडने कुरामा नेपाल सरकारको तर्फबाट भूमिका खेलिनेछ भन्ने कुराको अपेक्षा राख्दुछ । र हामी हाम्रो पार्टीको तर्फबाट त्यो अभियानमा हामी साथमा छौं भन्ने कुरा पनि म तपाईहरुको बीचमा राख्न चाहन्छु । यतिबेला एक प्रकारले भन्ने हो भने मुलक भित्रै श्रम गरेर राष्ट्र निर्माणको यात्रामा जोडिने मनोविज्ञान कमजोर भएको छ । जोजो नेपाल भित्रै रहेर श्रम गरेर राष्ट्र निर्माणको यात्रामा जुट्नुभएको छ । उहाँहरु वास्तवमा धन्यवादको पात्र हुनुहुन्छ । तपाईहरुकै कारण मुलुकमा विकास, निर्माणको काम अघि बढ्दैछ । तर ठूलो संख्यामा युवाहरु वैदेशिक रोजगारीको सिलशिलामा जाने जुन परिस्थिति उत्पन्न भएको छ । त्यसमा दुई प्र्र्र्र्र्र्रकारका मनोविज्ञानहरुले काम गरेको छ । एउटा मनोविज्ञान देशभित्र काम गर्न नचाहने । देश भित्र रोजगारीको कुरा गर्दाखेरी सरकारी जागिरको खोजी गर्ने र काम गर्नका लागि बाहिर जाने लाहुरे संस्कृति स्वाभाविक रुपमा हाम्रो मुलुकको विकास र समृद्धिको बाधक रहेको छ भने अर्को रोजगारीका अवसरहरुको अभाव नेपालको श्रम पलायनताको एउटा कारण बनिरहेको छ । जबसम्म हामी मुलुकको विकास र समृद्धिको यात्रालाई तिब्रता दिन सकदैनौं । रोजगारीको अवसरहरु सृजना हुन सक्दैनन् । विगतमा मुलुकले व्यहोरेका पीडाजनक क्षणहरु गएको ३ वर्षमा हामीले मुलुकको आर्थिक क्षेत्रमा जुन प्रकारका संकटहरु देख्यौं । अब मुलुकलाई त्यो संकटबाट बाहिर निकाल्न आवश्यक छ । वास्तवमा भन्नुहुन्छ भने नेपालमा वैधानिक अर्थतन्त्र कमजोर हुने, अवैधानिक अर्थतन्त्रको बोलवाला हुने जुनजुन परिपाटी निर्माण भयो । तस्करतन्त्र प्रा्ेत्साहित हुने जुन प्रकारको परिपार्टी निर्माण भयो । त्यसले नेपालको आर्थिक व्यवस्थालाई असन्तुलित बनाउने खालको काम ग¥यो । र आज मुलुकमा जुन प्रकारको आर्थिक संकट, आर्थिक मन्दीको स्थिति उत्पन्न भएको छ । अब त्यसलाई अन्त्य गर्नका लागि हामीले वैधानिक आर्थिक क्रियाकलापलाई प्रवद्र्धन गर्ने कुरा महत्वपूूर्ण विषय हो भन्ने कुरालाई आत्मासात गर्न सक्नुपर्दछ । र नेपाल सरकार र सामाजिक संघ, संस्थाहरुले वैधानिक क्रियाकलापलाई स्थापित गर्न सक्दा मात्रै मलुकको अर्थतन्त्रलाई हामी सही बाटोमा अगाडि बढाउन सक्दछौं भन्ने कुरालाई आत्मासात गर्न जरुरी छ भन्ने कुरा पनि म तपाईहरुको बीचमा राख्न चाहन्छु । हामीले श्रमप्रति सम्मान गर्ने संस्कृतिको निर्माण गर्ने कुरामा पनि सरकारले विशेष ध्यान दिनुपर्दछ ।’
महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन पनि सरकारले वैधानिक अर्थतन्त्रका प्रवद्र्धन गर्ने नीतिलाई आत्मासात गरेर अघि बढनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच