अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । प्रहरीले विभिन्न स्थानबाट अबैध लागूऔसधसहित ५ जनालाई पक्राउ गरेकाे छ ।

झापाकाे बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम, १६ हजार ३ सय ६५ नेपाली रूपैयाँ र ३ हजार ९ सय ६० भारतीय रूपैयाँसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पश्चिम बंगाल बस्ने २५ वर्षीय सन्नी साह र इलाम माई नगरपालिका बस्ने २२ वर्षीया मनिसा राई रहेका छन् । प्रहरी चौकी बिर्ताबजार र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरकाे बेलौरी नगरपालिका-७ कालोपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३५ मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय ओमप्रकाश चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुरकाे भिमदत्त नगरपालिका-११ गड्डाचौकी होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८२ मिलिग्रामसहित सोही नगरपालिका-११ बस्ने २० वर्षीय अरूण रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर, इलाका प्रहरी कार्यालय दोधारा र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बाजुराकाे बुढिगंगा नगरपालिका-५ घर भई हाल सोही नगरपालिका-६ फालासैनमा होटल गरी बस्ने २५ वर्षीय बिनोद थापालाई अवैध लागूऔषध हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९७ मिलिग्राम र नगद ३६ हजार २ सय ८० रूपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?