कैलाली । कैलालीको धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रुख कटानको काम सुरु भएको छ । क्षेत्रीय सहरी विकासमार्फत धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो । निर्माण कम्पनीले बिहिवार देखि रुख कटानीको काम सुरु गरेको हो ।
धनगढी उपमहानगरपालिका–७ पटेलामा रहेको राष्ट्रिय वन क्षेत्रका २ हजार पाँच सय ६१ वटा रुख कटानीको काम सुरु गरिएको छ । क्षेत्रीय सहरी विकासले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) मा २ हजार ६ सय तीन रुख कटानी गर्नुपर्ने उल्लेख गरिएको भएपनि २ हजार पाँच सय ६१ रुख मात्र उक्त क्षेत्रमा कटानी गर्नुपर्ने देखिएको हो ।
बिहिवार देखि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रुख कटानीको काम सुरु भएको डिभिजन वन कार्यालय, धनगढीका प्रमुख रामचन्द्र कडेलले बताउनु भयो । डिभिजन वन कार्यालय धनगढीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सङ्घीय सरकारले दिएको २२ हेक्टर वन क्षेत्रका रुखहरूको मूल्याङ्कन गरेको थियो । डिभिजन वन कार्यालयको मूल्याङ्कनमा उक्त क्षेत्रमा २ हजार पाँच सय ६१ वटा रुखहरू रहेको पाइएको हो ।
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रका रुखहरूबाट ३८ हजार आठ सय २८ दशमलव ८ क्यू फिट काठ र एक सय २७ चट्टा दाउरा सङ्कलन हुने मूल्याङ्कन गरिएको छ । उक्त क्षेत्रमा खयर, असिना, सिसौ, हल्दु, जामुनल गाएतका रुखहरू रहेका छन् । डिभिजन वन कार्यालयले क्षेत्रीय सहरी विकास कायोजनालाई जेठको अन्तिमसम्म रुख कटानीको काम सक्न भनेको छ । फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने २२ हेक्टर क्षेत्रका रुख जेठ मसान्तसम्म काटिसक्नु पर्ने डिभिजन प्रमुख कडेलले बताउनुभयो ।
कम्तीमा ५० वर्षका लागि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु भएको हो । एसियाली विकास बैँक (एडीबी) को ९६ करोडको लागतमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न सम्झौता भएको थियो । केन्द्रमा फोहरमैला र दिसाजन्य फोहरको व्यवस्थापन गरिने छ । दिसाजन्य फोहरलाई मलको रूपमा बिक्री गरिने धनगढी उपमहानगरपालिकाले बताएको छ ।
फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार फोहरमैला व्यवस्थापन स्थल भन्नाले फोहरमैला प्रशोधन गर्न स्थानीय तहले तोकेको स्थल हो । कुहिने र नकुहिने फोहरलाई छुट्याएर मात्र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा विसर्जन गरिन्छ ।
धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि २०७९ पुस १४ गते ठेक्का सम्झौता भएको थियो । धनगढी उपमहानगरपालिका–७ पटेलमा क्षेत्रीय सहरी विकासमार्फत नेपाल सरकारले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको हो । तर, जग्गाको भोगाधिकार र रुख कटानीको आदेश नभएकाले काममा ढिलाई भएको थियो ।
धनगढी उपमहानगरपालिकाले ७७ लाख र क्षेत्रीय सहरी विकासले ६ करोड ९४ लाख रुपैयाँ नेपाल सरकारको खातामा जम्मा गरेपछि रुख कटानीको अनुमति आएको थियो । एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि प्रयोग हुने २२ हेक्टर जग्गाको ७ करोड ७० लाख रुपैयाँ सरकारको खातामा जम्मा गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच