काठमाडौं । डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित हुनुभएको छ । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’मा उहाँले शो उपाधि चुम्नुभएको हो । डा.ढुंगानाले सवटाइटलतर्फ ‘मिस एलिगेन्स’समेत आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।
कलाकारिता र चिकित्सा पेशा एकसाथ अगाडि बढाइरहनुभएकी ढुंगानाले बंगलादेशबाट एमबिबीएस गर्नुभएको हो । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकीहृयाटिक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उहाँले १०० प्रतिशत क्रेडिट पाउनुभएको थियो । अहिले हार्वर्ड स्कुलकै अटिजम पोष्ट ग्रेजुएशन क्रेडिट कोर्ष गर्दै हुनुहुन्छ उहाँले ।
प्रतियोगितामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’सहित अन्य तीन विजेतासमेत छानिएको थियो । जसमा सजिना खनालले ‘मिस सुप्रा नेसनल २०२४’ र धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’को उपाधि हात पार्नुभयो । प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि ‘मिस ग्लोबल नेपाल २०२४’ मोनिका अधिकारी र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ क्षितिज श्रेष्ठ क्षेत्री हुनुभयो ।
सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले महिला र पुरुष गरेर २९ जना प्रतिस्पर्धी सहभागी थिए । विजेता सबैले उपाधिको साथमा विभिन्न गिफ्ट हृयाम्पर प्राप्त प्राप्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच