बागलुङ । बागलुङमा एक लाख ३१ हजार ५ सय ७४ पशुचौपायालाई विभिन्न रोग विरुद्धको पोख लभनाईएको छ । जिल्लाका १० स्थानीय तह मध्ये छ पालिकामा कुकुर, भैसी, राँगा, गाई, गोरु, बाख्रा र बंगुरलगायतका पशुलाई विभिन्न रोग विरुद्धको खोप लगाईएको हो ।
संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा जिल्लाका १० वटै स्थानीय तहका दुई लाख ३५ हजार पशुमा खोप लगाउने लक्ष्य अनुसार खोप अभियान सञ्चालन गरिराखेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिनुभयो । पशुचौपायामा देखिने खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइन फिवरलगायतका खोप लगाईएको सापकोटाको भनाइ छ ।
गत माघ महिनाबाट सुरु गरिएको खोप अभियानमा हालसम्म ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिका पशुलाई खोप लगाई सकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका पशु स्वास्थ्य अधिकृत केशवराज शर्माले जानकारी दिनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले हालसम्म १८ हजार २ सय ९६ वटा गाई गोरु र २९ हजार ६ सय १५ वटा राँगा भैसीलाई खोरेत विरुद्धको खोप लगाएको छ । ६४ हजार २ सय १७ वटा बाख्रा र १० हजार ५ सय ३२ वटा भेडालाई पीपीआर खोप लगाएको पशु स्वास्थ्य अधिकृत शर्माको भनाइ छ ।
त्यसैगरी ७ सय २८ बंगुरलाई स्वाइन फिवर र ६ सय ८८ बंगुरलाई खोरेत विरुद्धको खोप लगाईएको छ । ६ स्थानीय तहका ७ हजार ४ सय ९८ कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको शर्माले जानकारी दिनुभयो । यतिबेला गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अगुवा कृषकसँग छलफल, राजनीतिक दल, जनप्रतिनिधि लगायतसँग विभिन्न छलफल र परामर्श सम्पन्न गरेपछि हरेक स्थानीय तहका पशुचौपायाको तथ्याङ्क संकलन गरेर किसानका घर घरमै पुगेर खोप लगाउने काम गरेको हो । केन्द्रबाट हरेक स्थानीय तहमा २ समुहमा खटिएका प्राविधिक तथा स्वास्थ्यकर्मीको टोलीले १५/१५ दिनसम्म घरदैलोमै खोप अभियान सञ्चालन गरेका थिए ।
अघिल्ला वर्षहरुमा पशुलाई खोप लगाउँदा दुध घटाउछ, बिरामी पर्छन् भनेर नमान्ने कृषकहरु पनि यस वर्ष उत्साहका साथ अभियानमा सहभागी भएको सापकोटाले बताउनुभयो । गत वर्ष पशुमा देखिएको लम्पी स्किन रोगका कारण तर्सिएका किसानहरु खोपकै कारण उक्त रोगबाट पशुलाई जोगाउन सकिएपछि अन्य रोगको खोप पनि लगाउनु पर्नेमा सहमत भएर थप सजग भएको उहाँको भनाइ छ । गाई, बाख्रा र भैसीमा बेला बेलामा देखिने संक्रमणबाट आजित भएका किसानहरु यसपटक आफ्ना पशुलाई खोप लगाईदिनु पर्याे भन्दै भेटेरिनरी अस्पताल आउन थालेको सापकोटाले बताउनुभयो ।
सापकोटाले भन्नुभयो - “जिल्लाका १० वटै पालिकाका करिब साढे दुई लाख पशुलाई पोख लगाउने योजना थियो, सबै गाउँ-गाउँमा पशु प्राविधिक खटाएर खोप लगाएका हौँ, अब केही पालिकामा लगाउनै बाँकी छ, जेठको अन्तिमसम्म सकिने छ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच