![दुध उत्पादन वृद्धि गर्न बुटवल उपमहानगरद्वारा भैंसीका पाडी वितरण](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Bhaisiko-padi.jpg)
झापा । दमकस्थित हिमाली माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ ।
उदयपुर घर भइ पढाइको शिलशिलामा दमकमा डेरा बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रबार दिउँसो ११ बजेतिर गोली प्रहार भएको बताइएको छ ।
उनीमाथि दमक-५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको थियो। अहिले उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।
अधिकारीमाथि मोटरसाइकलमा आएका एक व्यक्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । आक्रमण गरी फरार भएका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
उनको पेटमा एक राउन्ड गोली लागेको छ। उनको पेटबाट एउटा गोली निकालिएको छ भने हाल आइसीयुमा उपचार भइरहेको छ।
छात्रामाथि गोली प्रहार गर्ने व्यक्तिको प्रहरीले खाेजी कार्य अघि बढाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच